विभिन्न स्थानमा विस्फोटक वस्तु भेटिनेक्रम रोकिएन, चन्द्रागिरीमा पनि बम विस्फोट

काठमाडौं, १२ जेठः काठमाडौको विभिन्न ठाउँमा एका एक विस्फोट हुनका साथै बिस्फोटक बस्तु फेला पर्नेक्रम बढेको छ । आईतबार साँझसम्म काठमाडौंका आधा दर्जनभन्दा बढी ठाउँमा बम फेला परेका छन् । पछिल्लो जानकारी अनुसार चन्द्रागिरी नगरपालिका ३ इँटाभट्टामा पनि बम बिस्फोट भएको छ ।
बिस्फोटमा परी दुईजना गम्भीर घाइते भएका छन् । सो बिस्फोट आईतबार साँझ साढेसात बजेतिर भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रेसर कुकर बम बोकेर हिडिरहेको अवस्थामा विष्फोट भएको हो । त्यसैगरी ललिपुरको लगनखेलमा पनि बम भेटिएको थियो ।
यता कोटेश्वरमा पनि बम बनाउने सामनसहित सात जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । आईतबार दिउसो नै काठमाडौंका सुकेधारा र घट्टेकुलोमा बम बिस्फोट हुँदा चार जनाको ज्यान गईसकेको छ । त्यसैगरी छ जनाभन्दा बढी घाइते भएका छन् । घाईतेहरुको विभिन्न अस्तिालमा उपचार भईरहेको छ ।
यो सबैजसो घटनामा विप्लव समुहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले जनाएको छ । राजधानीका बिभिन्न ठाउँमा बम तथा विस्फोटक बस्तु भेटिएपछि सर्वसाधरणमा पनि त्रास फैलिएको छ ।
विप्लव समुहले सोमबार नेपाल बन्दको आह्वान गरेको थियो । सोही कार्यक्रमका लागि विप्लव समुहले यस्तो आतङ्क मच्चाईरहेको अनुमान गरिएको छ । न्युज२४ बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता