कनकाई हस्पिटलमा स्वास्थ्य बीमा लागू

बर्तिामोड, १३ जेठःबिर्तामोडमा सञ्चालीत कनकाई हस्पिटलले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने हस्पिटलका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर राइले जानकारी दिए ।
यस अघि निजी क्षेत्रबाट सञ्चालीत झापा दमकका दुइवटा अस्पतालले स्वास्थ्य बीमा लागू गरिसकेका छन् भने झापामा तेस्रो स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने निजि हस्पिटल कनकाई भएको कार्यवाहक अध्यक्ष राइले बताए । ‘यो कार्यक्रम अन्र्तगत एक हजार १३३ वटा औषधी र ४८ वटा शल्यक्रिया गर्दा लाग्ने सामाग्री बीमा गर्नेले निःशुल्क पाउनेछन्’ वार्यबाहक अध्यक्ष राइले भने ‘ केही वर्ष भित्र सरकारले सवै उपचार निशुल्क गराउने छ ।’ अर्का सञ्चालक किशोर भुजेलले ७० बर्ष माथिका बृद्धबृद्धाको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सरकारले नै गर्ने व्यवस्था रहेको बताए ।
आइतवारदेखि कनकाईले सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन पहिलो सेवाग्राही यादवकुमारी सापकोटाले गरेकी थिइन् । पाँच जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ । यसअघि ५ जनाको परिवारले दुईहजार ५ सयमा गर्दै आएको स्वास्थ्य बीमा तीनहजार ५ सय भएको हो । ३ हजार ५ सयको विमा गराउने सेवाग्राहीले भने भदौ महिनादेखि मात्र सेवा पाउने हस्पिटलका अर्का सञ्चालक फडेन्द्र चापागाईँले बताएका छन् ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता