रौतहटमा ट्रकले किचेर आमाछोरीको घटनास्थलमै मृत्यु


रौतहट । रौतहटमा ट्रकले किचेर मोटरसाइकलमा सवार आमाछोरीको ज्यान गएको छ, भने छोरा र श्रीमान घाइते भएका छन्। ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार आमा छोरीको घटनास्थलमै मृत्यु भएका हो

गरुडा नगरपालिका ५ मा इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर मोटरसाइकलमा रहेका आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय गर्भवति सुगन्धिदेवी साह र उनकी ३ वर्षीया छोरी अम्रिकाकुमारी साह रहेको बताइएको छ । सुगन्धिदेवीका श्रीमान् दिलीप साहले मोटरसाइकल चलाएको जनाइएको छ ।

उक्त मोटरसाइकलमा सुगन्धिदेवी, छोरा र छोरी सवार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिलीप र छोरा सामान्य घाइते छन् । ट्रक चालक फरार रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता