जसुदा स्मृति पुरस्कार साहित्यकार बालिकालाई


यस वर्षको जसुदा स्मृति पुरस्कार लेखक बालिका थपलियालाई प्रदान गरिने भएको छ ।

भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्द्धन समिति इलामको गत असार ५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
इलाम चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद र सम्मान पत्रसहित यही असार २९ गते भानु जयन्तीका दिन एक समारोहका बिच सो पुरस्कार अर्पण गरिनेछ ।

अघिल्लो वर्ष यो पुरस्कार युवा पुस्ताका प्रखर कवि अन्बेश थुलुङलाई प्रदान गरिएको थियो ।

इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उहाँका पति वरिस्ठ पत्रकार पुष्पराज प्रधानले उक्त पुरस्कार स्थापना गर्नु भएको हो । न्युज२४बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता