इलाम, १० असारः इलाम सूर्योदयका एक युवाको माईखोलामा डुवेर मृत्यु भएको छ । सूर्योदय नगरपालिका १२ बस्ने बर्ष ३० को विशाल राईको इलाम नगरपालिका १० मा माईखोला स्थित सिम्ले दुवालीमा पौडी खेल्दै गर्दा बेपत्ता भएको हो । खोलामा डुवेर बेपत्ता भएका विशालको खोजीमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी जवान मुकुन्द माझीले खोलाको धमिलो पानीको रहको गहिराई सम्म पुगी अड्किइ गाडीएको अवस्थामा सहाशिपुर्ण तवरले मृत शव बाहिर निकालेका थिए ।
उक्त मृत शवको कानुनी प्रक्रिया पुरा गरी पोसमार्टको लागी इलाम अस्पतालको सवगृहमा ल्याई राखिएको छ । सो साहशीपुर्ण कार्यको कदर स्वरुप जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी जवान मुकुन्द माझी प्रति उच्च सम्मान ब्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता