यस्ता मानिसलाई मधुमेह हुने खतरा, यसरी सकिन्छ बच्न



काठमाडौ । पछिल्लो समय खानपन र जिवशैलीमा ध्यान नदिदाँ कम उमेरमा नै मधुमेह रोगको समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । पहिला पहिला ४० वर्ष नाघेपछि देखिने मधुमेह रोग पछिल्लो समय २० वर्ष नाघेपछि नै देखिने गरेको चिकित्सकहरुले बताएको हुन् । 
बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भटट्राईले कतिपयमा विना लक्ष्ण नै मधुमेह देखिने गरेको बताईन् । “परिवारको कुनै सदस्यलाई मधुमेह भएको छ भने त्यो परिवारको अन्य सदस्यलाई पनि मधुमेह हुने खतरा बढि हुन्छ ।” उनले भनिन् “गर्भवति महिलामा मधुमेह भएको छ भने उसको बच्चालाई पनि मधुमेह हुने खतरा बढि हुन्छ ।”
त्यसैगरी, मधुमेह मामाघरको हजुरबा हजुरआमाहरु कसैलाई थियो भने आफूलाई पनि हुन सक्छ । यो रगत जाँच गर्दा मधुमेह भएको थाहाँ हुने डा.भट्टराई बताउँछिन् ।
उनि भन्छिन् “मधुमेहको लक्ष्ण देखिएमा शरिर आलश्य हुने, दृष्टिमा समस्या पैदा हुने, धेरै मुख सुक्ने खुट्टामा घाउ हुने वा सुनिने र  पेटमा समस्या आउने आदि समस्या देखिने हुन्छ ।” 
मधुमेह रोग लागेका मानिसले  सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिने डा. मधु भट्टराई बताईन् । उनले भनिन् “परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्छ ।”
यस्ता मानिसमा मधुमेह हुने खतरा
गर्भ अवस्थामा मधुमेह भएको छ भने उसको बच्चामा पनि यसको जोखिम बढि हुन्छ ।
उच्च रक्तचाप भएका मानिसले उच्चरक्तचाप नियन्त्रणमा राख्ने 
निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कम गर्ने  मानिसमा ।
रगतमा चिल्लोको मात्रा बढी भएमा ।
परिवारको सदस्यमा मधुमेह भएको अवस्थामा ।
मानसिक तनाव बढि  लिने मानिसमा यसको  सम्भावना बढी हुन्छ ।
मधुमेहबाट बच्न 
रक्तचाप नियन्त्रणमा राख्ने ।
उचाई अनुसार शरिरको तौल नियन्त्रणमा राख्ने ।
खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गरेर खाने ।
शुद्ध सफा झोलिलो खानेकुरा खाने ।
पानी प्रशस्त पिउने ।
नियमित व्यायम गर्ने ।
धुम्रपान तथा मद्यपान नगर्ने ।
चिल्लो ,तारेको र जंगफुड नखाने ।
रगत चेकजाँच गर्ने ( रगत चेकजाँच गर्दा मधुमेह भएको थाहाँ हुन्छ)


प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता