साउदीमा ६० जना नेपालीहरु भोक–भोकै, दुतावासले उद्धारको गुहार सुनेन

काठमाडौं । साउदी अरेबियामा ६० जना नेपाली अलपत्र परेका छन् । नाकुरी नेपाल रिक्युरमेन्ट सर्भिसबाट साउदी पुगेका उनीहरु भनेको जस्तो काम नपाएर भोक–भोकै बस्न बाध्य बनेका छन् । आफूहरुको उद्धार गरिदिन भन्दै उनीहरुलाई हामीलाई भिडियो पठाएका छन् ।
कम्पनीले एउटा सानो कोठामा खाँदेर राखेको उनीहरुको भनाइ छ । अझ ३ दिनसम्म खानका लागि केही नदिएपछि उनीहरु आफैले भान्छाको ताल्चा फुटाएर त्यहाँ भएका खानेकुरा खाएका छन् ।
तर, त्यो खाना पनि सकिएपछि अहिले उनीहरु मागेर खान बाध्य भएका छन् । रोटी नुनसँग चोपेर खान बाध्य बनेका छन् उनीहरु । ग्रुपमा रहेका कोही विरामी भइहालेमा उपचार गर्ने पैसासमेत छैन उनीहरुसँग ।
पटक–पटक साउदीमा रहेका नेपाली दुतावासलाई आफूहरुको नाजुक अवस्थाबारे जानकारी गराए पनि दुतावासले केही नगरेको उनीहरुको गुनासो छ ।
न्युज२४ बाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता