विश्वकप क्रिकेटः इंग्ल्याण्डसँग वेष्ट इन्डिजका गेललाई रोक्न कस्तो रणनीतिमा होला ?

इलाम, ३१  जेठः विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आज वेष्ट इन्डिज र इंग्ल्याण्ड  भिड्दैछन् ।  दुई पटकको विश्वकप उचालेको  वेष्ट इन्डिजको सामना गर्न  अहिले सम्म विश्वकप नजितेको इंग्ल्याण्ड तयार रहेको छ । यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । अहिले सम्म ३÷३ खेल खेलेका यी दुई टीमा इंग्ल्याण्डले २ खेले जीतेर ४ अंक जोडेको छ भने वेष्ट इन्डिजले १ खेल जीतेको छ भने दक्षिण अफ्रिकासँगको खेल वर्षका कारण रद्ध भए पछि अंक बाँडेर ३ अंकका साथ अंक तालिकाको छौटौँ नम्बरमा रहेको छ । 
इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको पछिल्ला पाँच खेललाई हेर्ने हो भने इंग्ल्याण्डले दुई खेलमा जित हात पारेको छ भने वेष्ट इन्डिजले पनि २ खेल जीतेको छ । एक खेल भने वर्षका कारण रद्ध भएको छ । विश्वकमा यी दुईको भेट ६ पटक भएको छ जसमा ५ पटक इंग्ल्याण्ड विजयी भएको छ भने एक पटक मात्र वेष्ट इन्डिज विजयी भएको छ । 
सन् १९७५ र १९७९ को विश्वकपको उपाधि उचाल्दै इतिहास बनाएको वेष्ट इन्डिज तेस्रो पटक विश्वकपको उपाधि चुम्ने दाउमा छ भने इंग्ल्याण्ड भने राम्रो खेल खेले पनि अहिले सम्म विश्वकप उचालन सकेको छैन यस पटक भने आफ्नो होम ग्रउण्डको फाईदा उठाउँदै विश्वकप जीतने दाउमा छ । 
दुवै टीमा म्याच वीनरहरुको कमी छैन वेष्ट इन्डिजमा क्रिस गेल अर्थात क्रिकेटका युनिभर्सल बोस छन् र अन्य पनि निकै राम्रा खेलाडीले भरिएको छ । इंग्ल्याण्डमा जासन रोय, जोनी बैरस्टो, जो रुट, इन मोर्गन र जोस बटलर जस्ता खतरनाक र अनुभवी व्याट्समेनहरु छन् भने इंग्ल्याण्डसँग मोइन अली, बेन स्टोक्स, क्रिस वोक्सजस्ता गेम चेन्जर अलराउण्डरहरु पनि छन् । जोफ्रा आर्चर, लियाम प्लुंकेट, आदिल रसिद जस्ता राम्रा बलरहरु छन् । 
कुनै पनि मैदानमा लामालामा छक्का लगाउन इन्डिका खेलाडीहरु माहिर छन् । इंग्लयाण्ड टाउको दुखाई पनि यहि वन्न सक्छ  गेल, रसेल, होप, हिटमायर जस्ता खेलाडीहरुलाई छिटै आउट गर्न नसके स्कोरवोड ४०० को पार लागउन सक्ने क्षमता राख्दछन् । अभ्यास खेलमा पनि इन्डिजले ४०० रन भन्दा माथि बनाएको थियो । इन्डिजका बलरहरु पनि राम्रै देखिन्छन् । इन्डिजमा वलरहरुको विकल्प पनि धेरै छ ।
इंग्ल्याण्डसँग पनि निकै राम्रा बलरहरु छन् । इंग्ल्याण्डलाई एक त घरेलु खेल मैदन छ र अहिले इंग्ल्याण्ड विश्वकपको प्रमुख दावेदार पनि हो निकै राम्रो लयमा रहेको इग्ल्याण्डले आफ्नो राम्र्रो गेम प्लानका साथ इन्डिजका व्याट्समेनलाई पवेलियनको बाटो देखाउन सक्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता