झापाको उज्यालो हरेर अध्यारोमा बस्न बाध्य छन् इलामका मैनाचुलीबासी

इलाम । महेन्द्र राजमार्ग नजिकै रहेपनि दक्षिणि इलामको मैनाचुली क्षेत्रलाई अझैसम्म विकासले छोएको छैन । राजमार्गबाट ६ किलोमिटरमा पुगिने मैनाचुली र लोसेबासी सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुविधाबाट बञ्चित भएका हुन् । पूर्वपश्चिम राजमार्ग छोडेर ६ किलोमिटर उकालिएपछि पुगिने मैनाचुली क्षेत्र सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सुविधाबाट बञ्चित छ । कान्छो पहाड चुरे क्षेत्रको चुचुरोमा पर्ने मैनाचुली र लोसेबासी झापाको उज्यालो हरेर अध्यारोमा बस्न बाध्यता रहेको राजकुमार राईले बताउनुभयो ।
‘माई नगरपालिकाको विकासको दृष्टिकोणले अत्याधिक पछाडी रहेको मैनाचुली र लोसे क्षेत्रमा बसोबास गर्ने हामीले दुःख पाएका छौ–राईले भन्नुभयो–‘खानेपानीका लागि डेढ घण्टा हिड्नुपर्छ भने बिरामीले तत्काल उपचार पाउने अवस्था छैन ।’ धेरै जंगल क्षेत्र रहेको क्षेत्र भएकाले विद्यालय पु¥याउनका लागि अभिभावक पुग्नुपर्छ भने डेढघण्टासम्म हिड्नुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य क्षेत्रका हिसाबले मैनाचुली पछाडि छ । गाउँमा स्वास्थ्य स्वयमसेविका भएपनि सिटामोल किन्न पनि झापाको दमक पुग्नुपर्ने बाध्यता रहेको छ । जंगलका बिचमा रहेका बस्तिका बासिन्दाले खानेपानीका लागि तीन घण्टासम्म धाउनुपर्छ । मैनाचुलीमा तीन कक्षा सम्मको मात्रै अध्ययन हुने भएपछि छोराछोरी पढाउन झापाको सिवसतासिमा परिवारै नै भाडामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय मनकुमारी राईले बताउनुभयो । खानेपानी बोक्नका लागि डेढघण्टा उकालो ओरालो लाग्नुपर्छ मनकुमारी राई भन्नुभयो–‘मैनाचुली क्षेत्रमा घुम्न आउने पर्यकहरुलाई पनि खानेपानी दिन सकेका छैनौँ ।
सामान्य उपचार गर्न पनि झापाको दमक सहर धाउनुपर्दा प्रसुति सेवा लिने महिलाले घण्टौँ हिड्न्पर्ने बाध्यता भएकाले समस्या भएको राईको भनाइ छ । नियमित स्वास्थ्य जाँच गर्नका लागि हामीले दमक पुग्नुपर्छ, बाटो छैन वहाँले भन्नुभयो–‘स्थानीय सरकारले आएपछि पनि विकासको छायाँ मैनाचुलीमा परेको छैन ।’ मैनाचुलीबासी झापाको उज्यालो हरेर अध्यारोमा बस्न बाध्य भएका छन् । ‘विद्युत विस्तारका लागि धेरै पहल गर्यौ तर अहिलेसम्म योजना आएको छैन स्थानीय मनकुमार राईले भन्नुभयो–‘हामी झापा मोरङका सहरको झममल उज्यालो हेरेर बस्दै आएका छौँ ।’
मैनाचुली प्राकृतिक, धार्मिक, चराचुरुङ्गि र वन्यजन्तुको बासस्थान रहेकाले पर्यटकीयस्थलको समंभावना भएको क्षेत्र हो । इलामको माई नगरपालिका ८ मा अवस्थित रहेको मैनाचुली क्षेत्रबाट तराईका सहरहरुको अवलोकनसँगै हिमालहरुको पनि दृश्य हेर्न सकिन्छ । इलामबाट विकासका पूर्वाधारको पहुँच नभएको मैनाचुली क्षेत्रमा झापाको दूधेबाट सडक निर्माण शुरु भएपनि यातायातका साधन चल्ने अवस्था छैन । चुरे क्षेत्रको पहाड भएकाले ंसडक खन्दापनि बग्ने समस्या छ राजकुमार राईले भन्नुभयो–‘राम्रो सडक मात्रै निर्माण भएमा हामीले बिरामी हुँदा ज्यान जोगाउन सक्थ्यौँ ।’
तराईबाट ६ किलोमिटर माथि मात्रै रहेको मैनाचुली र लोसे क्षेत्रमा गरि ४० परिवारको बसोबास रहेको छ । मैनाचुली क्षेत्रको विकासका लागि प्रदेश सरकारको समन्वयमा पूर्वाधार निर्माणको योजना अघि सारीएको माई नगरपालिका प्रमुख दिपक थेवेले बताउनुभयो । विकासका दृष्टिकोणले पछाडी परेकै छ प्रमुख थेवेले भन्नुभयो–‘हामी सम्भावना हेरी पर्यटकीय र विकासका पूर्वाधार निर्माण गर्ने योजना छ ।’ मैनाचुली बासिका लागि चालु आर्थिक वर्षदेखि पूर्वाधार निर्माणमा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको इलाम क्षेत्र नम्बर २ को ‘ख’ का प्रदेश सासंद धिरेन्द्र सर्मा ‘रमण’ले बताउनुभयो । झापासँग सीमा जोडिएको र अधिक सम्भावना भएको क्षेत्र भएकाले क्रमागत रुपमा विकास गर्ने योजना रहेको सासंद सर्माले जानकारी दिनुभयो ।
लाेकल सन्देशबाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता