किड्नी फेल भएका जितपुरका रमेश कट्टेललाई कोरियाबाट आर्थिक सहयोग

देउमाइ, ३१ असारः किड्नी फेल भएका जितपुरका रमेश कटटेललाई कोरियाबाट आर्थिक सहयोग गरिएको छ। देउमाइ नगरपालिका वाड न ९ देउराली इलाममा बस्ने श्रीजयराम कटटेलका १८ वर्षिय छोरा रमेश कट्टेलको किड्नी फेल भैइ धरान हस्पिटलमा राखेको र उनलाई १८ एम एमको पथरिया पनि रहेकोले तुरुन्तै अप्रेसन गर्नु पर्ने हुदा ५ देखि ६ लाख रुपैया लाग्ने भएको हुनाले  घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुदा जितपुर सेवा समाज कोरियाद्वारा पचास हजार रुपैयाँ सहयोग गरेको छ।सहयोग रकम परिवारका सदस्यलाइ हस्तान्तरन गरिएको छ।  साथै  बिरामी रमेश कट्टेलको स्वास्थ्य लाभको कामना गरेको जितपुर सेवा समाज कोरियाका उपाध्यक्ष अप्सन लिम्बुले बताएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता