विद्यालयबाट घर फर्कने क्रममा माइखोलाले बगाएर बेपक्ता बालिकाहरुको खोजी जारी

इलाम, ३१असारः गत असार २८ गते शनिबार बिहान देखि बेपक्ता भएका माई नगरपालिका १ जुवालेका तीन जना बालिकाहरुको प्रहरीको विपत ब्यबस्थापन टोलीले सोमबारबाट खोजी तिव्र बनाएको छ । प्रहरी नयव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा विशेषज्ञको टोली सहित इलाम जिल्ला प्रहरी कार्यालयबाट खटिएको २६ जनाको टोली सहित दानाबारी, महमाई, पेल्टीमारी र चिसापानी प्रहरी चौकीको टोली लागि परेको छ । साथमा शसस्त्र प्रहरी र स्थानीहरु पनि खोजीकार्यामा जुटेका छन् ।
स्कुल बिदा भए पछि बर्खे बिदामा घर हिडेका जुवालेका १५ बर्षिय आकृति लिम्बु, १४ बर्षिय निशा सुनुवार र १२ बर्षिय सुनिता साउदेनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपत ब्यबस्थापन टोलीले सोमबारबाट खोजी तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता