इलामको सुलुवुङ र जमुना जोड्ने निर्माणधिन माइखोलाको पुल बढिले बगायो

इलाम २५ असारः इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीने पुल वर्षासँगै आएको बाढीले बगाएको छ ।  तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले साेमबार राति आएको बाढीले बगाएको हो । 
भौतिक पूर्वाधारण मन्त्रालयको बजेटमा यो पुलको ठेक्का लागेको थियो । शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो 
बाढीले पुलको होमपाइपहरु, रड, फर्माहरु बगाएको छ भने पिलर ढलेको छ । ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ । 
ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको हो । उनका अनुसार ढलान मात्र गर्न बाँकी राखेर काम सकिएको थियो । सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जीतबहादुर साँवाले ढलान गर्न  तयारी भइरहेको पूल बगाउदा सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने बताए ।  काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय समस्यामा छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता