इलामको सूर्योदयमा पहिरोको कारण विद्युत अवरोध, १५ लाख बराबरको क्षति

इलाम, २४ असारः इलामको सूर्योदय नगरपालिकामा गय राती आएको अबिराल बर्षाको कारण गएको पहिरोले सुर्योदय नगरपालिका १३ र १४ लक्ष्मीपुरको मुर्ती देखि पोखरी आसपासको १४ वटा  पोल  क्षति हुदा विद्युत सेवा अबरोध भएको छ ।
 विद्युत अबरोध हुदा दूध र चिया कारखाना प्रत्क्ष प्रभाबित भएका छन । पहिरोको कारण विद्युत पोलमा क्षति हुँदा करिब १५ लाख बराबरको क्षति भएको र मर्मत गर्न केहि दिन लाग्ने विद्युत कार्यलय फिक्कलका प्रमुख होम बहादुर कटुवालले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता