
इलाम, १३ भदौँः इलाम नगरपालिका वडा नं. १० साङ्गरुम्बाकी पुष्पा दंगाल (पौडल)को उपचारको लागि रकमको अभाव भएको छ । लामो समय देखि वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचारत पौडेलको उपचारमा धेरै पैसा खर्च भई सकेको र परिवारको अर्थिक अवस्था पनि कम्जोर भएकोले अहिले उपचारको लागि रकम अभाव भएका क्यान्सर पिंडीत पुष्पाका श्रीमानको भनाई छ । उनले रकम अभाव भएको कारण सहयोगी मनहरुलाई उपचारको लागि सहयोगको समेत अपिल गरेका छन् । उनले सहयोगको लागि वडा कार्यलयबाट सिफारीस समेत बनाएर सहयोगाको लागि अचाना गरेका छन् ।
