तीज हाम्रो संस्कृति हो ,विकृतिमा रुपान्तरण नगरौ

  • सञ्जिता खनाल

तीज आउन अझै केहि दिन बाँकी छ । तर सामाजिक सञ्जालका भिता फोटो राख्ने देखि सडक, चोक र गल्लीमा राता सारीमा  तिजको दर खान जानेको संख्या बाक्लो देखिन्छ । 
रेडियो, टेलिभिजनमा करिब एक देखि दुई महिनाअघि देखि नै तिजका भाका गन्जिरहेका छन् । तीजसँग विभिन्न सामाजिक सांस्कृतिक पक्ष पनि जोडिएका छन् । विवाह भएर गएका चेलिबेटीहरुलाई भदौ शुक्ल द्वितीयाका दिन दर खुवाएर नाचगान गर्ने गरिन्छ । 
भदौ शुक्ल तृतीयाको दिन हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी कठोर ब्रत लिई पूजा गरेकोले महादेव प्रशन्न भई योग्य बर पाएको पौराणिक कथन छ । पौराणिक कथनलाई आत्मासाथ गदै विवाहित महिलाहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र परिवारको सुख शान्तिका लागि निरहार व्रत बस्छन भने अविवाहित नारीहरु राम्रो पति पाउँ वा आफ्नो सारा मनोकामना पूरा हुने जनविश्वासका साथ व्रत बस्ने गर्दछन् । तर त्यो दिन आउँन अझै पाँच दिन बांकी छदै विभिन्न संघसंस्थाहरु दरखाने कार्यक्रम धमाधम आयोजना गर्न व्यस्त देखिएका छन् । 
 अझ विशेषगरी सहर बजारमा तीज आउनु अगावै दर खाने भन्दै विभिन्न पार्टी प्यालेस र रेस्टुराँहरुमा धाउने चलन बढ्दै गएको देखिन्छ । 
नाजगान गरी तीजको दिन पानी सम्म नपिइ निरहार बसिने व्रत र एक आपसमा मिलेर गरिने नाचगानले आपसी सदभाव र मेलमिलावलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ । सामान्यतया दर तीजको व्रतको अघिल्लो दिन खाने भनिएपनि सहर बजारमा आजभोलि महिना दिन अघि देखि नै विभिन्न कार्यक्रम आयोजना साथ मदिरा र भड्किला गीत सहितका दर खाने कार्यक्रम आयोजना भैरहेको छ। 
हुन् त तीज अगाउँनुभन्दा अघि नै आफ्ना टोल छिमेकका दिदी बहिनी जम्मा भै नाचगान गर्नु खानपिन गर्नु, एकअर्काका भावना आदान प्रदान गर्नु नकारात्मक हैन तर संस्कृतिलाई  पछिल्लो समय विकृत पार्ने गतिविधिलाई प्रोत्साहन बढि देखिन्छ । अझ शहरीक्षेत्रमा केहि बर्ष यता तीज  महिना दिन अघि देखि नै मदिरामा मत्त भएर र भड्किला गीतसहित दर खाने चलन बढि देखिन्छ  । त्यस्तो विकृतिलाई रोक्न केहि साता अघि तीजको तामझामलाई रोक्न र अनावश्यक खर्च नगर्न प्रशासनले पनि सार्वजनिक सूचना समेत गरिरहेका छन् ।  
पहिला पहिला माईती घर छाडेर गएका चेलीलाई  वर्ष दिनसम्म माईत आउँन पाउँदैन थिए । दाजुभाई ,बुबाले छोरीलाई ल्याएर वा घरमा बोलाएर तीजको व्रतको अघिल्लो दिन खीर,ढकनी, घिउ, काकरीको अचार, तामाको तरकारी आदि परिकार बनाएर खुवाउने चलन थियो तर अहिले दरको नाममा पार्टी प्यालेस र रेस्टुराँमा भव्य भोज गरिन्छ । 
पछिल्लो समय तीजको  वास्तविक मर्म बोकेका भाका पाउन पनि निकै नै मुस्किल छ । अहिलेका तीज गीत सामाजिक मर्यादा, धार्मिक मूल्य, मान्यता र अनुशासनका सीमा नाघेर रचिएको पाइन्छ । हामीले तीज पर्वलाई  आधुनिकताको नाममा मौलिक पहिचान भड्किलो रुपमा रुपान्तरण गरिरहेका छौ  । यो क्षणिक रमाइलोको नाममा तीजको खास महत्वको धज्जी त उडाएका छैनौ । 
त्यता पनि हामीले सोच्ने  की । तीज हाम्रो संस्कृति हो । यसलाई  जोगाउँन तपाई हामी नै लाग्ने हो भन्ने तीजका विकृतिलाई रोक्न सक्छौ । अन्तत. अरुको देखा सीकी नगरी,आफ्नो क्षमता अनुसारको तीज मनाऔ । सम्पुर्ण महिला दिदी बहिनीमा तीजको शुभकामना ।।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता