रबि लामिछानेको समर्थनमा २४ सद्स्य संघर्स समिति गठन


  • ललित पहाडी 

काेहलपुर, ५ भदाै :   समाजसेवी किशोर कृष्ण भण्डारीको संयोजकत्त्वमा कोहलपुरमा पनि रबि लामिछानेको पक्षमा समर्थन गर्दै २४ सदस्य संघर्स समिति गठन भएको छ ।
आज बेलुका ५ बजे ज्ञानुदय पुस्तकालय कोहलपुरमा भएको रबि समर्थकहरुको भेलाले जनताको शान्ति ,सुरक्षा, अमनचैन र नागरिक न्यायको सुदृढीकरणका लागी आवाज उठाउनु पर्ने भन्दै विभिन्न संघ , सस्था , बुद्धिजीवी ,पत्रकार , नागरिक अगुवा , राजनितिक दल लगायतका प्रतिनिधिहरुकाे साझा छलफलबाट सालिकराम पुडासैनीको मृ’त्यु निश्पक्ष छानबिन गर्न र बिनाकारण गैर न्यायिक रूपमा गिर’फ्तार गरिएका प्रतिष्ठित पत्रकार तथा सामाजिक अभियन्ता रबि लामिछनेलाई अविलम्ब रि’हाइको माग गर्दै शान्तिपूर्ण द’वाब मुलक र्यालिको आयोजना गरिएको संयोजक भण्डारीले बताए ।
उक्त र्यालि शान्तिपूर्ण र न्यायिक खबरदारीका लागि भएकोले कोहि कसैले पनि आग्रह पूर्ब आग्रह नराखी दिन हुन र कार्यक्रममा अनर्थ नलगाई स्वतस्फुर्त उपस्थिति भैदिनहुनको लागी सम्पुर्ण न्याय र परिबर्तनका पक्षधर आमा ,बुवा, दाजु ,भाइ ,दिदि, बहिनी विभिन्न राजनीतिक दल, सुरक्षा कर्मी, बुद्धि जिबि, पत्रकार, सामाज सेवी , शिक्षक, विद्यार्थी, कर्मचारी ,ब्यापारी  लगायत सबैमा सक्दो सहयोग र समर्थका लागि अनुरोध गरिएको संयोजक भण्डारी सहित समितीका सद्स्यले आ’व्हान गरिएको धारणा व्यक्त गर का  छन । कार्यक्रम भदाै ७ गते शनिवार दिनको १ बजेबाट कोहलपुरको न्युरोड चोकमा सुरु हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता