मोटरसाइकल दुर्घटनामा परेर इलाम बिव्ल्याँटेका प्रहरी इञ्चार्ज रविको मृत्यु

इलाम, ११ असोजः इलाम नगरपालिकास्थित बिब्ल्याँटेमा रहेको अस्थाई प्रहरी विटका  प्रहरी इञ्चार्ज असाई रवि मगरको दुर्घटनामा परेर मृत्यु भएको छ । आज दिउँसो बिब्ल्याँटेबाटे सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर मगरको मृत्यु भएको हो ।
प्रहरी कार्यालयको कामका लागि मगर सुम्बेक जाने क्रममा कच्ची सडक हिलाम्मे सडकका कारण मोटरसाइकल दुर्घटना भएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
इटहरीका स्थायी बासिन्दा रहेका मगरको अहिले दुर्घटनास्थलबाट शव निकालेर इलाम अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय इलामले जनकारी गराएको छ ।
मोटरसाईकलबाट दुर्घटनमा परेका मगरको शव सडकबाट ५० मिटर तल पुगेको अवस्थामा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता