विश्व पर्यटन दिवसको अवसरमा इलामका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी

इलाम, १० असोजः इलामको गौतम वुद्ध सभा गृहमा विश्व पर्यटन दिवसको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । इलाम नगरपालिका र नगर पर्यटन प्रवर्धन समितिको अयोजनमामा इलाममा रहेका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी गरिएको हो । 
नगर पर्यटन प्रवर्धन समितिकी अध्यक्ष शुशिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा इलाम नगरपालिकाका नगर प्रमुख महेश वस्नेत थिए । वस्नेतले नगरपालिकाले पर्यटन प्रवर्धनको लागि काम गरिरहेको पनि वताए । नगरपालिकाका विसिष्ट नागरिक युद्ध वौद्य तथा नागरिक समाजका अगुवा धर्म गौतम लगायत कार्यक्रमा इलामका पर्यटनकर्मीहरुको उपस्थिथि रहेको थियो ।
प्रदर्शनीमा राखेका अधिकांश तस्वीरहरू इलामका फाेटाे पत्रकार हरि गुरूङ र केही बिनय तिम्सीनाले उपलव्ध गराएका थिए ।
हेर्नुहाेस फाेटाे प्रदर्शनीकाे रमाइलाे भिडियाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता