सनराईज बैंक इलाम शाखाद्वारा विष्णु बहादुर केसीलाई एक लाख रुपयाँ विमा रकम हस्तान्तरण


  • माइपोखरी सम्बाददाता

इलाम, १० असोजः इलाममा शाखा कार्यालय रहेको सनराईज बैंकले आफ्ना वचतकर्तालाई स्वास्थ्य विमा सुविधा अन्र्तगत स्वास्थ्य उपचार विमा दावी रकम   हस्तान्तरण गरेको छ ।  इलाम नगरपालिका ७ का विष्णु बहादुर केसीलाई एक लाख रुपयाँ उपचार दावी रकम  सनराईज बैंक इलामका शाखा प्रवन्धक ज्ञानश्याम गुरुङले हस्तान्तरण गरेका हुन । सन्राईज बैंक इलाममा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सो रकम हस्तान्तरण गरेका हुन । 
स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत १ लाख सम्मको स्वास्थ्य विमा सुविधा साथै ५ लाख सम्मको दुर्घटना विमा सन्राईज बैंकले प्रदान गर्दै आएको छ । बैंकले आफ्ना वचतकर्ताहरुलाई स्वास्थ्य जस्तो अति सम्वेदनशिल कुरामा विमा गराएर ग्राहकहरुको आपतकालिन स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो विमा सुविधा प्रदान गरेको हो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता