जिल्ला प्रहरी कार्यालय इलाम र जेष्ठ नागरीकवीच अन्तरक्रिया

इलाम, भाद्र १७, जिल्ला प्रहरी कार्यालय इलामको सभा हलमा जेष्ठ नागरीकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्लामा रहेका जेष्ठ नागरीकहरुसँग  जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले अन्तरक्रिया गरेका हुन । कार्यक्रमा  जेष्ठ नागरीकहरुको राय सुझाव समेत लिएको छ ।बिषेश गरी जेष्ठ नागरिकहरुले सम्पुर्ण कार्यालयहरुमा सहज रुपमा सेवा प्रवाह हुनु पर्ने तथा यातायातमा बिशेष छुट दिनु पर्ने जस्ता बिषयहरुमा सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता