नयाँबजारको गुम्बालाई समाजसेवी खड्काले गरे पचासहजार सहयोग

इलाम, १७ इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवानेता डम्बर खडकाले माइजोगमाइ  ६ स्थीत साँङ्गेछेलीङ गुम्बा पुनमिार्णका लागि पचासहजार आर्थिक सहयोग प्रदान गरेका छन । बिगतमा गुम्बा निमार्णको शुरुवातमा समेत केहि रकम सहयोग गरेका खडकाले आज चियाबारी एफ।एम इलामको  कार्यालयमा गुम्बाका अध्यक्ष एव लामा पेम्बा शेर्पालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
  बि.स. १९४० मा स्थाना भएको उक्त गुम्बा २०७२ सालको महाभुकम्पले क्षति पुरयाएको काराण हाल गुम्बालाइ पुर्ननिमार्ण गर्नु परेको र हाल उक्त गुम्बामा बिभिन्न क्षेत्रका ३० जना बिद्यार्थीले बौद्ध धर्मका साथै कक्षा ३ सम्मको पाठयक्रम  अध्ययन गरीरहेका समेत अध्यक्ष पेम्बाले बताए साथै गुम्बामा हाल बौद्ध धर्मको माने समेत रहेको र भविश्यमा यस गुम्बाको संरक्षण तथा सम्बर्दन गर्न सके माइजोगमाईको पर्यटन बिकासमा सहयोग पुग्ने स्थानियको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता