प्रजिअ तिमिल्सिनाको इलामबाट विदाई

इलाम, १८ भदौँः इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री श्रवणकुमार तिमिल्सिनाज्युको बिदाई कार्यक्रम सोमबार इलाम सदरमुकाममा भव्य समारोहकाबीच सम्पन्न भयो ।
जिल्ला युवा समितिको कार्यालय अध्यक्ष नवराज शंकरको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्लास्थित युवा सम्बद्ध कार्यालय, संघ, संगठन र संस्थाहरुको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बरालसहित इलाम नगरपालिका प्रमुख महेश बस्नेत, जिसस उपप्रमुख चित्रकला बराईली, उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालु, इलाम नगर साहित्य, कला, संगित प्रतिष्ठानकी अध्यक्ष टिकादेवी घिमिरे, बुद्धिचाल संघका प्रदेश सदस्य सुरेन्द्र राईले प्रजिअ तिमिल्सिनाको कार्यकुशलताको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
जिल्ला युवा समितिको कार्यालय इलामको मुख्य संयोजनमा भएको बिदाई कार्यक्रममा आयोजक नेरास्ववियुका अध्यक्ष प्रवेश पराजुली, अखिल ९क्रान्तिकारी० का अध्यक्ष बिपिन पोख्रेल, युवा संजाल नेपाल ९थ्ल्ल्०का अध्यक्ष रेशम बराईली, द पियर फाउण्डेशनका अध्यक्ष टिकाराम पुरि, भरोसा नेपाका उपाध्यक्ष कमल दुलाल र क्वीन इलामका अध्यक्ष प्रशान्त गिरिले बिदाई मन्तव्य रख्नुभएको थियो ।
बिदाई कार्यक्रमको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले करिब १६ महिनाको इलाम बसाईको क्रममा सेवा प्रवाहको सिलसिलामा सहयोग गर्नुहुने सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
युवा अभियान्ता प्रकाश परियारले सञ्चालन गर्नुभएको कार्यक्रममा इलाम नगर युवा परिषद्का अध्यक्ष सचिनजंग रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता