इलामको कारागारमा रहेका बन्दी महिलालाई सकारात्मक सोचको विकास गर्न शिविर

इलाम २६, भदौँः बन्दी महिलालाई सकारात्मक सोचको विकास गर्न शिविर आयोजना गरिएको जेलर प्रदिप श्रेष्ठले जानकारी दिए।
आर्ट अफ लिभिङका प्रशिक्षक यादव राउतले योग, ध्यान, प्राणायाम तथा सुदर्शन क्रिया सम्बन्धी प्रशिक्षण दिइएकाे बताए। ‘विगतको घटनाको पश्चातापले डिप्रेशनमा जाने खतरा हुन्छ। योग ध्यानले उहाँहरुमा सकारात्मक सोचको विकास गरी विगत भुलेर भोलि समाजमा फर्केर जीवन सकारात्मक सोचका बाँच्न मद्दत मिल्नेछ’, सहभागीले आफ्नाे अनुभव राख्दै आठ दिनको योग ध्यानबाट सकारात्मक उर्जा पाइरहेको तथा निद्रा नलाग्ने, धेरै चिन्ता लाग्ने समस्याबाट मुक्त भएकाे तथा मन हलुंगो र शान्त भएको छ भनी प्रतिक्रिया दिनु भएको छ।
यसका साथै दैनिक रुपमा याेग गर्नका लागि अावश्यक सामाग्रीहरु समेत अार्ट अफ लिभिङ इलामका स्वयंसेवकहरुकाे तर्फबाट महिला बन्दीहरुलाई प्रदान गरिएकाे थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता