एकबिहानै देउखुरीमा ट्रक र बस ठोक्किँदा १२ जना घाइते, बस चालक गम्भीर घाइते

दाङ, १८ असोज : दाङको देउखुरीमा आज (शनिबार) बिहान २ बजेको समयमा बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पूर्वबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक-आपसमा ठोक्किँदा र १२ जना घाइते भएका हुन् ।
बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरुण चौधरी साथै अन्य यात्रु पनि गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये बस चालक चौधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षीय प्रीति चौधरीलाई कोलपुर रिफर गरिएको छ ।
अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्की सकेको पोलिक्लनिकले जानकारी दिएको छ । ट्रक चालक गाडी भित्रै फसेकाले अहिले उद्धार कार्य भइरहेको छ ।
न्युज२४ बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता