चिया श्रमिकद्वारा दशैँको मुखमा दार्जिलिङ बन्दको घोषणा, नेपालीहरु पनि मार्कामा

इलाम, १६ असोजः दशैँ नजिकिदै गर्दा दार्जिलिङमा रहेका चिया मज्दुरहरुले शुक्रबार एक दिन दार्जिलिङ बन्दको घोषणा गरेका छन् । चिया मज्दुरहरुलाई बीस प्रतिशत दशैँ बोनस दिंदै आएकोमा यो वर्ष नदिए पछि मज्दुरहरुले एक दिन दार्जिलिङ बन्दको घोषणा गरेका हुन । शुक्रबार विहान ४ बजेबाट बेलुका ४ बजेसम्म  व्यापरिक क्षेत्र तथा यातायात बन्दको घोषणा गरेका हुन । बन्दका कारण नेपालका पनि ठूलो असर पर्ने गर्दछ । नेपालको पशुपतिनगर लगायत सिमावर्ती बजारमा भारतको दार्जिलिङबाट आएर किनमेल गर्ने चलन छ भने नेपालबाट पनि दशैँको समयमा भारतका विभिन्न सहरहरुमा गएर दशैँको सामनहरु किनमेल गर्ने चलन रहेको छ । दशैँको मुखमा भारतको दार्जिलिङ बन्दका कारण नेपालीहरु पनि मार्कामा परेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता