इलाममा नै पहिलो पटक ४० लाख लगानीमा ईकोब्रिक उद्योग सञ्चालनमा, इँटाभन्दा सस्तो बलियो


इलाम, २९ असोजः इलामको सूर्योदय नगरपालिका १२ शान्तिगोलाईमा स्थापना भएको विंध्यावाशिनी ईकोब्रिक ईन्डष्ट्रिज यहि साउनको दोश्रो हप्ताबाट संचालनमा आएको छ ।   युवा व्यवसायी प्रमोद सापकोटाले ईको सेल नेपालसंगको सहकार्यमा स्थापना गरेको उद्योग ४० लाखको लगानीमा खुलेको जनाईएको छ । क्रसरको धुलो , बालुवा र सिमेन्टद्वारा निर्माण गरिने ईकोब्रिक इँटाभन्दा बलियो हुने संचालक सापकोटाले बताए । उत्पादन लागत समेत इंटाको तुलनामा कम लाग्ने भएकाले उपयोगी बन्ने सापकोटाको दाबी छ । उद्योग संचालनको क्रममा स्थानिय कच्चा पदार्थको समुचित प्रयोग गरिने बताईएको छ ।
सापकोटाका अनुसार उद्योगमानै गएर इकोब्रिक खरिद गरेमा सस्तो र सुलभ पनि हुने छ । इँटाको घर भन्दा इकोब्रिकले घर निर्माण गर्दा जनसक्ति पनि कम लाग्ने र लगानि पनि कम लाग्ने तथा ताप्क्रम तथा ध्वनि निरोधक पनि हुने उनको भनाई रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता