विवेकशील नेपालीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

जनकपुर, २९ असोजः  विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी शिव थापालाई पराजित गर्दै निर्वाचित भएका हुन । 
जनकपुरमा असोज २८ गतेबाट शुरु भएको अधिवेशन कार्तिक २ गतेसम्म चल्नेछ । यही अधिवेशनबाट पार्टीको महासचिवमा निर्देश सिलवाल, नीति सचिवमा संजीव भट्टराई पनि विजयी भएका छन् । 
विवेकशील नेपालीको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा १० जना र महिला सदस्यमा ३ जना चुनिएका छन् । संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन् । त्यस्तै, संघीय समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डंगोल र सरला लामिछाने निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता