आईपिएल क्रिकेट इलामको ठूलो टुँडिखेलमा कार्तिक २ देखि शुरु

इलाम, ३० असोजः  इलाम जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक २ गते देखि ९ सम्म  ‘इलाम प्रीमियर लिग’ (आइपिएल)  सन्चालन हुने भएको छ ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी फर युथ, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, न्यु स्टार्स तिल्केनी  टीमहरु प्रारम्भीक चरणबाट छनोट भएका टिमहरुको सहभागीता रहने छ । 
प्रारम्भिक चरणको प्रतियोगिताको छनोट खेलमा कुल १६ टिम रहेका थिए र १६ टीमलाई चार ग्रुपमा विभाजन गरेर खेलाईएको लिग चरणबाट र उत्कृष्ट खेलाडीहरु समाबेस गर्दै शीर्ष स्थानमा रहेका चार टिमले यो सिजनको  आईपिएलको  को फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन् । 
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५÷५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गर्ने  गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन् । 
उद्घाटन खेल सूर्योदय नगरपालिका र इलाम क्रिकेट एकेडेमी विच हुनेछ । औपचारीक उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सभासद् धिरेन्द्र शर्मा रमण प्रमुख अतिथि रहेको र प्रदेश सरकारले प्रतियोगीता गर्नको लागि विषेश आर्थिक सहयोग उपलव्ध गराएको पनि पैडेलले जानकारी गराए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता