फिक्कल माबिमा पूर्ब बिधाथी मंञ्च गठन

फिक्कलः इलामको सुर्योदय नगरपालिका १० को  फिक्कल माध्यमिक बिधालयमा पूर्ब बिधाथी मञ्च तदर्थ समिति गठन गरिएको छ । बिधालयका प्रधानाध्यापक गँगा बहादुर महतको बिशेष  उपस्थितिमा भएको कार्यक्रममा दिपेन्द्र राईको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । अन्य समितिका उपाध्यक्ष स्नेहा राई ,कोषाध्यक्ष दिनेश महत, सचिब लक्ष्मी दाहाल, सहसचिब बिक्रम श्रेष्ठ अन्य सदस्यहरुमा रुद्रमणी सुबेदी राजेन्द्र, मानबिर लाप्चा,मातृका दाहाल,सोनाम योल्मो,महेन्द्र श्रेष्ठ,क्षितिज गड्तौला,प्रकाश ढकाल ,सिता फागो लगायतका सदस्य चयन भएका छन् । अन्य सदस्यहरु थप्ने र भाबी कार्यक्रमको बारेमा आगामी बैठकमा निर्णय गरिने नवर्निबाचित अध्यक्ष राईले बताएका छन् । पूर्ब बिधाथीहरुलाई सङगठित गदै बिधालयको शैक्षिक उन्नयनमा सहयोग गर्ने ,सामाजिक बिकृती र बिसङगतिको बिरुद्ध अभियान सञ्चालन गर्ने ,बिपन्न तथा जेहेन्दार बिधाथीको शैक्षिक उन्नतिको लागी आवश्यक सहयोग गर्ने उदेश्य राखेर मञ्च तदर्थ समिति गठन गरिएको पूर्ब बिधाथी मानबिर लाप्चाले बताए । त्यस्तै संस्था दर्ता प्रकृया अगाडी बढाउनका लागी सोनाम योल्मोको सँयोजकत्वमा ३ सदस्य बिधान मस्यौता समिति गठन गरिएको छ । जस्को सदस्यहरुमा मातृका प्रसाद दाहाल र मानबिर लाप्चा रहेका छन् ।  दिनेश महतको सँयोजकत्वमा ३ सदस्य प्रचारप्रसार समिति समेत गठन गरिएको छ  । जस्को सदस्यहरुमा क्षितिज गड्तौला र प्रकाश ढकाल रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता