इलाममा भएको प्रदेशस्तरीय कार्यक्रममा ‘रित्तो हलबाट प्रतिबद्धता’

इलाम, ५ कातिकः  प्रदेश सभाअन्तर्गतको न्याय, प्रशासन तथा विधायन समितिको आयोजनामा आज कात्तिक ४ गते इलाम सदरमुकाममा सम्पन्न भएको एक कार्यक्रममा रित्तो सभाकक्षबाट स्थानीय सरकारको जिम्मेवारी र अभ्यासका २० बुँदामा प्रतिबद्धता जाहेर भएको छ । कम्तिमा साविकको मेची अञ्चलभित्र चार जिल्लाका ४२ स्थानीय तहका प्रमुख उपप्रमुखले प्रतिबद्धता जनाउनु पर्नेमा हलभित्र भएका स्थानीय तहका जम्माजम्मी १० जना जनप्रतिनिधीले मात्र ताली बजाएर प्रतिबद्धता जनाएका हुन् ।
स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधीहरूबीच कानून निर्माण र कार्यान्वयनका सम्बन्धमा अन्तरकृया नामको यो कार्यक्रमको मूल उद्धेश्य कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने तरिकाबारे स्थानीय जनप्रतिनिधीलाई जानकारी दिने तथा स्थानीय सरकारको जिम्मेवारी र अभ्याससम्बन्धी तयार भएका बुँदामा प्रतिबद्धता जनाउनु रहेको थियो । तर कार्यक्रमको ब्यवस्थापकीय कमजोरीका कारण स्थानीय सरकारको जिम्मेवारी र अभ्याससम्बन्धी २० बुँदामा प्रतिबद्धता जनाउनु त परै छाडौँ ती बुँदा देख्न पनि नपाई सहभागी कार्यक्रमस्थलबाट बाहिरिसकेका थिए ।
बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रम १२ बज्न लाग्दा मात्र शुरु भएको थियो । अधिकाँश सहभागी स्थानीय तहका जनप्रतिनिधी तथा इलामका सरकारी कार्यालय एवम् नागरिक समाजका प्रतिनिधी भेला भइसक्दा कार्यक्रम शुरु हुनु त कता हो कता, अतिथिलाई खाना खुवाउने तयारी मात्र थियो । कार्यक्रमका प्रमुख स्रोत ब्यक्ति रहेका उच्चस्तरीय प्रशासन सुधार अनुगमन आयोगका अध्यक्ष काशीराज दहालको प्रस्तुति कार्यक्रमको अन्तिम सेशन अर्थात् दिउँसो १ बजेदेखि राखिएको भएपनि कार्यक्रम नै ढिलो शुरु भएका कारण साढे २ मा मात्र दाहालको प्रस्तुति शुरु भएको थियो ।
प्रशासकीय अदालतका अध्यक्ष समेत रहेका दाहालको दुई घण्टाको प्रस्तुति सकिएर अन्तरक्रियाको सेसन कार्यक्रमको समयतालिकामा राखिएको भए पनि साढे तीन नबज्दै सहभागीहरू कार्यक्रमस्थलबाट बाहिरिन थालेका थिए । प्रस्तुति सकिन नपाई सभाकक्ष लगभग खाली भएपछि अध्यक्ष दाहालले प्रस्तुति नै छोट्याउनु परेको थियो । कार्यक्रमपछि दाहालले सन्दकपुर अनलाइनसँग भने, ‘कार्यक्रम समयमै थाल्नुपथ्र्यो, तीनबजे नै सकिने गरि ब्यवस्थापन गर्नुपथ्र्यो ।’
सहभागी कार्यक्रम छाडेर दौडिनुको कारण आयोजककै ब्यवस्थापकीय कमजोरी हो । आयोजकले सहभागीका लागि समीट होटलमा खान र बासको ब्यवस्था गरेको जानकारी सहभागीलाई कार्यक्रमको समापन मन्तब्यका क्रममा मात्र थिएको थियो । त्यतिबेला साढे ४ बजेसम्ममा जम्मा सहभागीमध्ये ९० प्रतिशत बाहिरिसकेका थिए । कार्यक्रमस्थलबाट निस्किँदा सहभागीहरू घर पुग्नुपर्ने जनाउँदै हिँडेका हुन् । झापादेखि ताप्लेजुङ र इलामका गाउँगाउँसम्म पुग्न बेलैमा हिँड्नुपर्ने बाध्यता उनीहरूको थियो ।
आयोजक न्याय, प्रशासन तथा विधायन समितिका अध्यक्ष र सदस्य एवम् इलामकासहित १३ जना प्रदेश सभा सभाषद्, चार जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूसमेत रहेको उक्त कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष दाहालले ‘सङ्घीय प्रणाली ः तहगत सम्बन्ध, अपेक्षा र अभ्यास’ तथा ‘संविधान र स्थानीय सरकार’ गरि दुईवटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । दाहालले नै तयार गरेको स्थानीय सरकारको जिम्मेवारी र अभ्यास सम्बन्धी २० बुँदामा प्रतिबद्धता जनाइएको हो । उनले यो प्रतिबद्धताअनुसारको कामको अनुगमन गर्न आपूm उच्चस्तरीय प्रशासन अनुगमन सुधार आयोगबाट केही समयपछि आउने पनि कार्यक्रममा बताएका थिए ।
समितिका अध्यक्ष इन्द्रमणी पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य न्यायाधिवक्ता चुडामणी आचार्यले प्रदेश सभाबाट बनिएका कानुनहरूको अवस्थाका बारेमा जानकारी सहितको प्रस्तुति गरेका थिए भने प्रदेश सभा सचिवालयका उपसचिव अर्जुन निरौलाले प्रदेश सभा र सचिवालयसम्बन्धी जानकारी गराएका थिए । काशीराज दहालले आप्mनो प्रस्तुतिमा विभिन्न उदाहरणसहितका कानुन कार्यान्वयनका झमेलाहरू राख्दै त्यसको समाधानको उपाय खोज्नमा सहभागीहरूसँग अन्तरक्रियामार्पmत छलफल गरेका थिए ।
कार्यक्रममा प्रदेश १ मा प्रत्यक्ष निर्वाचित ५६ र समानुपातिकबाट ३७ गरि ९३ जना सदस्यहरू रहेको प्रदेश सभाअन्तर्गत सात वटा समिति रहेको, प्रदेश सभाले ४० विधेयक तथा एक नियमावली पारित गरेको र तीन विधेयक तथा एक नियमावली संशोधन गरेको पनि जानकारी दिइयो । प्रदेश सभाषद्हरू टंक आङ्बोहाङ, राजकुमार ओझा, खिनु लोङ्वा, कुसुम श्रेष्ठ, लिलाबल्लभ अधिकारी, बिमल कार्की, विष्णुमाया तुम्बाहाम्फे, राम राना मगर, धिरेन्द्र शर्मा, काजीमान कागते, चन्द्रप्रसाद श्रेष्ठ र सावित्री जोशीको सहभागिता रहेको कार्यक्रमको उद्घाटन सत्रमा सभाषद् खिनु लङ्वा, इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख तथा नगरपालिका महासंघका प्रदेश अध्यक्ष महेश बस्नेत र इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले शुभकामना मन्तब्य राखेका थिए भने समापन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सिनाले धन्यबाद मन्तब्य राखेका थिए ।
सन्दकपुर अनलाईनबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता