इलाममा भईरहेको आईपिएल क्रिकेटमा अंकितको सतकमा तिल्केनीको सानदार जीत

इलाम, ५ कातिकः झापा घर भई न्यु स्टार तिल्केनीबाट खेलिरहेका अंकित सुवेदीको सतकमा इलाममा भईरहेको इलाम प्रीमियर लिगमा न्यु स्टार्स तिल्केनीले सानदार ११६ रनको जीत हात पारेको छ । टस जीतेर व्याटीङ रोजेको तिल्केनीले पहिलो वलमै विकेट गुमाए पछि तेस्रो नम्बरका व्याट्समेनको रुपमा मैदानमा उत्रिएका अंकितले ६० बलको सामना गर्दै १२ छक्का र १३ चैकाको मद्दत १३९ रनको नटआउट पारी खेलेका थिए । अंकितको १३९ रनको मद्दतमा न्यु स्टार्स तिल्केनीले सूर्योदय नगरपालिका फिक्कलसामु निधारित २० ओभारमा २१९ रनको विशाल लक्ष्य राखेको थियो ।  
तिल्केनीले दिएको २१९ रनको लक्ष्य पछियाउने क्रममा १६.१ ओभरमा सवै विकेट गुमाउँदै १०२ रनमात्र जोड्न सफल भएको थियो । 
आजै भएको पहिलो खेलमा इलाम क्रिकेट एकाडेमीलाई देउमाई नगरपालिकाले १८ रनले पराजीत गरेको छ । देनपाले दिएको १२५ रनको लक्ष्यलाई पछियाउने क्रममा इलाम क्रिकेट एकाडेमीले १९.३ ओभारमा सवै विकेट गुमाउँदै १०६ रनमात्र बनाउन सकेको थियो ।  इलाम जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक २ गते देखि ९ सम्म  ‘इलाम प्रीमियर लिग’ (आइपिएल)  सन्चालन भईरहेको छ  ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी फर युथ, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, न्यु स्टार्स तिल्केनी  टीमहरु प्रारम्भीक चरणबाट छनोट भएका टिमहरुको सहभागीता रहने छ । 
प्रारम्भिक चरणको प्रतियोगिताको छनोट खेलमा कुल १६ टिम रहेका थिए र १६ टीमलाई चार ग्रुपमा विभाजन गरेर खेलाईएको लिग चरणबाट र उत्कृष्ट खेलाडीहरु समाबेस गर्दै शीर्ष स्थानमा रहेका चार टिमले यो सिजनको  आईपिएलको  को फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन् । 
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५/५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गर्ने  गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन् । प्रतियोगीता गर्नको लागि विषेश आर्थिक सहयोग उपलव्ध गराएको पनि पैडेलले जानकारी गराए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता