वार्षिक उत्सवको अवसरमा सनराईज बैंकद्वारा माई भगवती बृद्धाआश्रमलाई न्यानो कपडा

इलाम, ६ कार्तिकः इलाममा शाखा कार्यालय रहेको सनराईज बैंकले आफ्नो १२ औँ वर्षिक उत्सवको अवसरमा इलाम नगरपालिकाको गोदकमा रहेको माई भगवती बृद्धाआश्रममा रहेका बृद्ध–बृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंका शाखा प्रवन्धक ज्ञानश्याम गुरुङको नेतृत्वमा गएको वैंकहरुका कर्मचारीको टोलीले आश्रममा रहेका १२ जनालाई व्ल्याङ्केट र फलफुल वितरण गरेका थिए । बैंकको सामाजिक उत्तर दहित्व अन्तरगतको कार्यक्रममा सो सामाग्रीहरु वितरण गरेको पनि शाखा प्रवन्धक गुरुङले जानकारी गराए । 
न्यानो कपडा वितरण कार्यक्रमा माई भगवती वृद्धाआश्रमकी अध्यक्ष विष्णु दाहाल, नागरिक समाजका अगुवा धर्म गौताम लगायत आश्रमका समितिका पदाधिकारीहरुको उपस्थीती रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता