इलाममा भईरहेको आईपिएलमा मुकुन्दको सतकमा देउमाईको जीत

इलाम,६ कार्तिकः देउमाई नगरपालिकाका मुकुन्द यादवको सतकमा इलाममा भईरहेको इलाम प्रीमियर लिग (आईपिएल) मा देउमाई नगरपालिकले सानदार  जीत हात पारेको छ । टस जितेर पहिले व्याटीङ गरेको सूर्योदय नगरपालिकाले सवै विकेट गुमाउँदै १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य ३ विकेटको क्षतिमा ११ ओभरमा पुरा गरेको थियो । जसको लागि मोरङ घर भई इलामको देउमाई नगरपालिकाबाट खेलिरहेका मुकुन्द यादवले ४० बलको सामना गर्दै १२ छक्का र १० चौका प्रहार गर्दे ११९ रन बनाएका थिए ।
त्यसतै आजै भएको दोस्रो खेलमा न्यु स्टार तिल्केनी विजयी भएको छ ।  तिल्केनीले इलाम क्रिकेट एकेडमी फर युथलाई ४२ रनले पराजित गरेको हो । टस जितेर पहिले व्याटीङ गरेको न्युस्टारले ७ विकेटको क्षतिमा १६४ रन बनाएको थियो जसको लागि सोनु मण्डलले ७४ रन बनाएका थिए उनले ४५ बलको सामना गर्दै ६ छक्का र ४ चौका प्राहार गरेका थिए ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी फर युथ, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, न्यु स्टार्स तिल्केनी  टीमहरु प्रारम्भीक चरणबाट छनोट भएका टिमहरुको सहभागीता रहने छ ।
प्रारम्भिक चरणको प्रतियोगिताको छनोट खेलमा कुल १६ टिम रहेका थिए र १६ टीमलाई चार ग्रुपमा विभाजन गरेर खेलाईएको लिग चरणबाट र उत्कृष्ट खेलाडीहरु समाबेस गर्दै शीर्ष स्थानमा रहेका चार टिमले यो सिजनको  आईपिएलको  को फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख, उपबिजेताले नगद रु ५० हजार, बेस्ट बलर र ब्याट्सम्यानले जनही रु ५/५ हजार, म्यान अफ द सिरिजले नगद रु ७ हजार प्राप्त गर्ने  गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले जानकारी गराएका छन् । प्रतियोगीता गर्नको लागि विषेश आर्थिक सहयोग उपलव्ध गराएको पनि पैडेलले जानकारी गराए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता