राष्ट्रपति सी बिहानैदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङको काठमाडौंमा दोश्रो दिन आज बिहानैदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त हुनुभएको छ ।

शनिबार अपराह्न काठमाडौं अवतरण गरेसँगै विभिन्न भेटघाटमा व्यस्त हुनुभएका सीले आज नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेसँगै द्विपक्षीय छलफलमा सहभागी हुनुहुनेछ ।


बिहान ७ बजे नेकपा प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाइ सीले विशेष महत्व दिएर भेट्दै हुनुहुन्छ । उहाँसगको छुट्टै भेटघाट पछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुने जनाइएको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि नेपालको तर्फबाट प्रस्तुत गरिएका बिआरआई परियोजनामा सम्झौता गर्ने समेत तयारी गरिएको छ । यस्तै, बैठकमा सीले महत्वपूर्ण घोषणा समेत गर्नुहुने जानकारी आएको छ ।

शनिबार काठमाडौँ आइपुगेका सी आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता