चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा र जाँदा विमानस्थल बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ उत्रिँदा र फर्किने क्रममा विमानस्थल बन्द हुने भएको छ । फिङको नेपाल भ्रमणका क्रममा आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोक्न लागिएको हो ।
नागरिक उड्डयन कार्यालयका अनुसार आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ। त्यसैगरी सी फर्किने क्रममा पनि आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द रहने छ ।
सीको भ्रमणको क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय सेवा ठप्प हुनेछन् । कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिकासमेत सार्वजनिक गरेको छ ।
उडान अवतरणको व्यवस्थापनको लागि शनिबार र आइतबार दुवै दिन विमानस्थल २४सै घण्टा सञ्चालनमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता