दार्जिलिङ चिया मजदुरहरुको माग पुरा, अनशनरत विनय तामाङ सिलिगुडी रेफर

इलाम, २४ असोजः दशैँ अगाडीदेखि २० प्रतिशत वोनस माग गर्दै आन्दोलनरत चिया मजदुरको माग पुरा भएको छ ।
आज पश्चिम वंगालको राजधानी कोलकत्तामा भएको त्रिपक्ष वार्तामा चियाकमान मालिकहरुले दुई किस्ता गरेर पुजा वोनस २० प्रतिशत दिने प्रतिवद्धता गरे सँगै चिया मज्दुरहरु आन्दोलन छोडेर काममा फर्केका छन् ।
यसै गरी मजदुरहरुको आन्दोलनको समर्थमामा दार्जिलिङमा आशनरत गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले पनि अनसन तोडेका छन् उनको स्वास्थ्यमा गम्भिर समस्या आए पछि उनलाई अहिले सिलिगुडी रेफेर गरिएको छ । उनलाई  रक्तचाप, किडिनीमा समस्या, हेमोग्लोबिनको मात्रामा कमी र सुगरको मात्रा उच्च भएको बताएको चिकित्सकले जनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता