६४ औँ प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलाममा विविध कार्यक्रम

इलाम, २४ असोजः ६४ औ प्रहरी दिवश २०७६ को अवसरमा जिल्ला प्रहरी कार्यालय इलाममा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी  कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख हिराबहादुर पाण्डेको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति इलाम जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, बिशेष अतिथी इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत त्यस्तै गरी बिशेष अतिथी इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, राजनैतिक दल, सुरक्षा निकायका प्रमुखहरु, नागरीक समाज, उद्योग व्यावसायी, पुर्व प्रहरी कर्मचारी, पत्रकार एंवम संचार कर्मीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम अमर प्रहरीका परिवारजन तथा पुर्व प्रहरी कर्मचारी तर्फका जेष्ठ सदस्यलाई दोसल ओढाई सम्मान समेत गरीएको छ भने ४ जना निःशुल्क रुपमा प्रहरी चौकी निर्माणको लागी जग्गा प्रधान गर्ने ४ जना जग्गा दाताहरुलाई कदर पत्र बितरण गरीएको छ।
संगठन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट ६४ औ प्रहरी दिवशको अवरशरमा दिनुभएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिति जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बरालले अनुशन्धान क्षेत्रमा नेपाल प्रहरी एउटा दक्षिण एसियाकै नमुनाको रुपमा रहेको  कुरा बताउनुभयो । त्यसै गरी इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु समेत दिनु भएको थियो ।
प्रहरी दिवशकै अवशरमा जिल्ला प्रहरी कार्यालय इलममा कार्यरत प्रहरी जवान दिर्घ श्रेष्ठले बिभिन्न जघन्य अपराधहरु लागू औषध, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार जस्ता मुद्दाहरुको अनुसन्धान मिसिल अभियोजन, ब्यबस्थापन तथा सम्पुर्ण अनुसन्धानमा लगनशिलता, तत्परताका साथ अनुसन्धान अधिकृतको सहयोगीको रुपमा खटि त्रुटी रहित ढङ्गले कार्य गरेकोले प्रहरी प्रधान कार्यालयबाट निजलाई पुस्कृत गरेको छ भने जिल्ला प्रहरी कार्यालय इलममानै  कार्यरत प्र।ज।मुकुन्द माझीले आफ्नो जिउ ज्यानको प्रभाह नगरी रेस्क्यु एंव उद्वार कार्यमा निर्वाह गरेको भुमिकाले प्रहरीको छबि उच्च राखेको कारण निजलाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट  नगद पच्चिस हजार सहित पुरस्कृत गरेको छ साथै जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री सहित जम्मा २० जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता