इलाम फाकफोकथुमका नरबहादुरलाई आफ्नै श्रीमतीको हत्याको अभियोगमा पक्राउ

इलाम, २४ असोजः श्रीमतीको हत्या गरेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ५० को नरबहादुर राईलाई पक्राउ गरेको छ । राईले श्रीमती वर्ष ४४ की सरिता राई लडि घाईते अवस्थामा छ भन्ने खबर प्राप्त पश्चात प्रहरी निरीक्षक राज किशोर साह तेली समेतको टोलीले घटनास्थमा गई अनुसन्धान गर्दा सकास्पद मृत्यु भएको देखिएको र श्रीमान श्रीमती बिच विवाद भएको खुल्न आएकोले मृतकको श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले कुटपिट गरी घरै नजिक काल्लाबाट लडाई कर्तव्य गरी मारेको भन्ने सोधपुछ तथा जाहेरीबाट खुल्न आएको  छ । 
मृतक सरिता राईको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टको लागी धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाई निज नरबहादुर राईलाई प्रहरी हिरासतमा लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकोछ ।      

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता