गाउँपलिका आफ्नै मेसिन हुदा पनि बाटो मर्मत नहुदा यात्रुलाई सास्ती

माइजोगमाई, १८ कातिकः माइजोगमाई गाउँपालिकाको आफ्नै मेसिन (स्काभेटर) तथा बाटो बनाउने उपकरण हुदा पनि बाटो मर्मत नहुदा यात्रुले सास्ती भोग्नु परेको छ । इलाम देखि माइजोगमाइ गाउँपालिका ४/३ आरुबोटे हुँदै फिक्कल जोडने सडक मर्मत नहुदा एक घण्टामा पुगिने बाटो २ घण्टा ३० मिनेट  लगाएर यात्रा गर्न बाध्य छन नाम्सालिङ्का जनता दैनिक १० देखि १२ वटा गाडिहरु फिक्कल इलाम गर्ने  गरेका छन ।
आफ्नै गाउँपालिकामा मिसिन हुदा पनि दशै अगाडि नै मर्मत हुनुपर्ने बाटो तिहार सकिदा सम्म मर्मत नहुदा नाम्सालिङ्का बासिन्दा कस्टकर यात्रा गर्नु परेकोमा निकै आक्रोशित हुँदै गएका छन । बाटोका खाल्डाखुल्डीका कारण सुतकेरि ,बृद्ध र अशक्त बाटोमै बिरामी भएर गन्तव्य सम्म पुर्‍याउनै मुस्किल भएको गाडिका चालकहरु बताउछन् । गाउँपालिका अध्यक्ष जित बहादुर राईलाई गाउँपालिकाको अभिभावक नभइ एक व्याक्तिगत स्वार्थ भएका व्यक्ति भनेर स्थानीय बासिन्दाले आलोचना समेत गर्न थालेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता