माता पाथिभरा संरक्षण समितिको अध्यक्षमा सूर्य रिजाल

इलाम, २४ कार्तिकः शनिकार भएको माता पाथीभरा संरक्षण समिति इलाम ४ को प्रथम आम भेलाले सूर्य रिजालको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ ।  उत्त भेलाबाट उपाध्यक्षमा डिल्ली राम घिमिरे,अप्सरा गुरुङ, सचिवमा गायत्रीप्रसाद बजगाँई,  कोषाध्यक्षमा लेखनाथ लम्साल चयन भएका छन् । त्यस्तै लेखा समितिमा  भेलाले तीन सदस्य लेखा समिति पनि निर्माण गरेको छ ।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक गणेश बरालको अतिथ्यमा भएको कार्यक्रमा वडा नं. ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु लगायतको उपस्थिति रहेको थियो । बरबोटेमा रहेको धार्मिक तथा पर्यटकीय स्थल पाथिभराको संरक्षण प्रचार प्रसारको लागि सधै लागिरहने नवनियुक्त अध्यक्षले माइपोखरी न्युजलाई बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता