इलामेली चेली कोपिलाको ‘कदम छाँयाको’ मा बुगीवुगी विजेता कविता र छमछमी विजेता सरोज (भिडियो सहित)

नेपालककै चर्चित नृत्य रियालिटी सो बुगीवुगीकी पहिलो विजेता कविता नेपाली र छमछमीका विजेता सरोज प्रजा दोहोरी गीतको म्युजिक भिडियोमा पहिलो पटक सँगै देखा परेका छन् । 
कोपिला गौतमको लोकदोहोरी गीत ‘कदम छाँयाको’ मा कविता र सरोजले नृत्य गरेका छन । उनीहरुलाई सँगै नचाउने काम निर्देशक गम्भिर विष्टले गरेका हुन । सविता र सरोजसँगै गम्भीरले पनि दोहोरीमा नृत्य गरेका छन । भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेको हुन् । 
कदम छाँयाको मा गायिका कोपिला गौतमलाई कृष्ण रेउलेले गायनमा साथ दिएका छन् । गीतको शव्द पनि गायक रेउलेकै रहेको छ भने संगीत तथा एरेन्ज गोविन्द मधुर आचार्यको रहेको छ । 
भिडियो


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता