देउसीको पैसाले बाल गृहका बालबालिकालाई कपडा


  • बिमल अधिकारी 

इलाम २६ कार्तिकः  पश्चिमी इलामको एक बिद्यालयका बालबालिकाले देउसी खेलेर संकलन भएको रकमबाट बाल गृहका बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन। 
देउमाइ नगरपालिका वडा नं. ९ मा अबस्थित श्री सयपत्री बिध्या मन्दिर बोर्डिङ स्कुलमा रहेको बाल क्लबबाट गत तिहारमा देउसी कार्यक्रम सन्चालन गरि इलाम नगरपालिका ९ मा अबस्थित श्री राहासाल बाल गृहका बालबालिकाहरुलाइ  न्यानो कपडा बितरण गरिएको हो। राहासालको भवनमा भएको वितरण कार्यक्रमको प्रमुख आतिथ्यतामा  जिल्ला समन्वय समिती इलामका सभापती गणेश बराल, बिशेष अतिथीमा  प्यब्सन इलामका सचिब छवि लम्साल ,  बाल गृह सन्चालन समिती अध्यक्ष राजेन्द्र चौहान ,सुनाखरी बोडिङ स्कुलका प्रीन्सिपल प्रशान्त थापा, सयपत्री बिद्या मन्दिर बि ब्य स  अध्यक्ष हरि अधिकारी , निर्देशक बुद्द राई लगायत शिक्षक , विद्यार्थी तथा अबिभाबकको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता