इलामको माइपोखरीमा एकादशी मेला

इलाम, २२ कार्तिकः विश्व रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा  एकादशी मेला शुरु भएको छ । धार्मीक क्षेत्र माईपोखरीको दर्शन , बिभिन्न खेल , मनोरञ्जन, पर्यटकीय स्थलको भ्रमण र बिभिन्न सांगीतिक कार्यक्रमको अवलोकन गर्न मानिसहरुको घुँइचो लाग्ने गरेको छ ।
इलाम सदरमुकामबाट १३ किलोमिटर दुरीमा पर्ने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान पाएको हो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।
माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने असंख्य पर्यटक वर्षेनी आउने गरेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता