अमेरिका भन्छ- ‘नेपालमा व्यापक भ्रष्टाचार, अन्तर्राष्ट्रिय आतंककारीहरूकाे विन्दु’


  • नवीन कुलुङ

काठमाडौं, २१ कात्तिक । संयुक्त राज्य अमेरिकाले नेपालमा व्यापक भ्रष्टाचार हुने औँल्याएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८ (Country-Reports-on-Terrorism-2018) प्रतिवेदनले नेपालमा व्यापक भ्रष्टाचार हुने औँल्याएको हो ।
प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंककारीहरूको लागि बाटो भएकाे र रहिरहन सक्नेु खतरा पनि औँल्याएको छ । खुला सिमाना र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसमा पनि अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो र गतिविधि गर्ने विन्दुको भएकाे प्रतिवेदनमा उल्लेख छ ।
‘नेपालको भारतसँग खुला सीमा छ, सुरक्षा जाँच चौकी थोरै छ, एक हजार माइलकाे फरकमा केही पाेइन्टहरू छन्, तर त्यहाँ पर्याप्त सुरक्षा नियन्त्रण छैन, सीमा काट्नेहरूलाई न त रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएको छ , प्रतिवेदनमा भनिएकाे छ, ‘सुरक्षा सेवाहरूमा कर्मचारी, टेक्नोलोजी, डाटाबेस, आधारभूत उपकरणहरू र बिजुलीको अभाव छ । ‘ प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न शक्तिकाे अभाव रहेकाे पनि बताइएकाे छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि-स्क्रीन नहुने गरेको, डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको, यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको पनि प्रतिवेदनमा छ ।
नेपालले २०१८ मा अन्तर्राष्ट्रिय आतंकवादको सामना गर्नु नपरेकाे तर घरेलु आतंकवादीहरूले विभिन्न स्थानहरूमा साना बम विस्फाेट भएकाे प्रति तिवेदनमा जनाइएको छ। उक्त बम विस्फाेटका घटनाहरू नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेकाे र विप्लव समूहमाथि निगरानी राखेकाे प्रतिवेदनमा भनिएकाे छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको केही हप्ता अघि भएकाे बम विस्फाेट, वीरगन्जमा रहेको भारतीय वाणिज्य दूतावास भएकाे बम विस्फोट, अरुण तेस्रो आयोजनामा भएकाे बम विस्फोट पनि विप्लवले गराएकाे उदाहरण पनि दिएकाे छ । सन् २०१७ को तुलनामा २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको पनि ठहराएकाे छ ।
सूचनाका लागि नेपाली अध्यागमनका अधिकारीहरूसम्म पहुँच सजिलो भए पनि उनीहरूसँग नगण्य सूचना हुने पनि प्रतिवेदनमा बताइएकाे छ ।
न्युज २४ बाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता