
आगलागिबाट तामाङको काठ र सिमेन्टले बनेको दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागिमा परी पाँचलाख नगद , ४ तोला सुन , लत्ता कपडा, भाडा बर्तन ,फर्नीचर , खाद्य सामग्री जलेर नष्ट हुँदा २६ लाख बढीको क्षती भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । काठबाट बनाईएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो । प्रहरी , स्थानीयले करिव दुई घण्टा पछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।