एकीकृत अखिल नेपाल शिक्षक सगठन इलामको प्रथम जिल्ला परिषद सम्पन्न

इलाम, २९ मंसिरः  तत्कालीन नेकपा माओबादी केन्द्र निकटको शिक्षक सगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ।सगठनका जिल्ला अध्यक्ष राजेन्द्र चौहानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामका कार्यलय सदस्य तथा सगठन बिभाग प्रमुख भक्त के सि को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।भेलाले राजेन्द्र चौहानको सयोजकत्वमा १५१ सदस्य जिल्ला परिषद गठन गरेको छ।कार्यक्रममा स्थानीय तहका अध्यक्षहरुले आ आफ्नो रिपोर्टिङ राख्नुभएको थियो।
रिपोर्टिङ को क्रममा प्रतिनिधिहरुले शिक्षक महासघको गठन, पार्टी एकता भएपनी सगठन एकता नभएको र स्थानीय तहमा फरक फरक शिक्षा नीति निर्माणले पनि शिक्षकका समस्यालाई समेट्न नसकेको गुनासो गरेका छन् ।परिषदले समसामयिक सैक्षिक विषयमा छलफल गर्न ७ सदस्यीय समिति समेत गठन गरेको छ।कार्यक्रममा प्रमुख अथिती के सिले पार्टी गतिविधि, शिक्षकको काम कर्तव्य सहित सुभकामना मन्तव्य राख्नुभएको  थियो। 
प्रदेश समिति सदस्य उमाकान्त भट्टराई, उपाध्यक्ष हरिचरण घिमिरे, केन्द्रिय सल्लाहकार सदस्य धन ब। मगर रुपनारायण अधिकारी लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।पौष ५ गते बिराटचोकमा हुने १ न प्रदेशको परिषदमा जाने २० जना प्रतिनिधिको समेत छनोट गरेको छ।हालसम्म शिक्षक सगठनको एकता केन्द्र बाट नै नभएको बारे सबै सदस्यहरुले जिज्ञासा राखेका थिए।जिल्ला उपाध्यक्ष गोमा पोखेलले स्वागत गरेको कार्यक्रमको सन्चालन सचीव अर्जुन शर्माले गरेका थिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता