संभोग बन्द गरिदेउ

हरेक क्षण सम्भोग नहुदो हो त सन्सारमा
न तिम्रो मार्क्स न लेनिन न माओ
न गेटे,न च्याङ्ग न ओसो
न इलियट न थोमस
आदी नै जन्मिन्थे!
युगौदेखी चलिरहेछ नियती उहि
निरन्तर,अबिरल अबिच्छिन्न
यदि यो सम्भोगी क्रम केहिक्षण रोकिदो हो त !!!
पृथ्वी पुर्बबाट पश्चिम् फन्किदो होला सायद
साडे छैसट्ठिको झुकाबलाइ राइट एङ्गल बनाएर
गिहार्डिनोहरु पुनर्जीवन पाइ आउथे होला
दलाइ लामाकै भेषमा
मानौ पस्मिनाले बेरेको कुखुराले
पुर्बान्हमा बासेझै
श्राद्दमा थुनेको बिरालोले ङ्याउ गरेझै
यो कल्प महाकल्प सब मिथ्या बन्थ्यो होला
हजार बर्स आयु पुगेको झुट मिथक झैँ
मानौ हावाले हनुमान जन्माएझै
भर्जिन आमाले क्राइस्ट जन्माईन भनेझै
सुर्यले सम्बोगबाटै बिर सपुत जन्माए भनेझै

यो निर्बिकल्प जैबिकिलाइ मान्छे भन्नै लजाउछ
खान,पचाउन,अघाउन,लडाउन,लड्न
झै खुला छैन संभोग
भागेर,चोरेर लुकेर,छिपेर नै मजा छ
मानौ हिन्दु बुहारीले जेठानलाइ सिउदो लुकाएझै
निहारिकाले रस्मी लुकाएझै
बर्मोडा ट्र्याङ्गलले जहाज पचाएझै<

उसो त हाम्रा दिवाहरुले दिमाको सुदुर उत्तर र सुदुर दक्षिण मात्रै देखेर बार्हौ सन्तान मेरो आपा जन्माए
म पनि उस्तै प्रकरणमा पाचौ सन्तान भए
मानौ सम्भोग सहमति हैन
भोग हो नरपिसाचहरुको
ऐले चाही कति प्रतिसत संभोग सहमती र साझेदारीको छ
कति प्रतिसत नवजन्म त्यस्को उत्पादन हो
हेक्का राख्छ दुनिया
कति सुद्द छ यो प्रक्रिया
कि यस्को सुद्दता कार्बनबिहिन हिरा जत्तिको
अक्सिजन बिहिन पानी जत्तिको
मुन्धुम बिहिन साहित्य जत्तिको वा
आकासगङ्गा बिहिन ब्राह्मण जत्तिको
कि पुरुस बिहिन साम्राज्य र नारी बिहिन गृहस्थ जत्तिको?
यत्ती अपार बिभेदी हुदाहुदै पनि यो सङ्ग्कृणा
सम्पुर्णले भोग गर्न्या भएकोले सम्भोग भो
अब छौसट्ठी योगिनी,भुत प्रेत पिसाच डाकिनी साकिनी
साथमा लिने
खरानी धस्ने
बुडो साडेमा चड्ने हेर्दै दिगम्बर जस्तो
स्त्री लम्पट
मेरो परमपुज्य
सत चित र आनन्दका खानी प्रभो
यो सम्भोगको यात्रा एकैक्षण बन्द गरिदेउ त
सन्सार कस्तो हुन्छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता