गाउँपालिका अध्यक्ष ८ लाख घुस खाँदाखाँदै अख्तियारकाे नियन्त्रणमा

सुर्खेत, ११ माघ। जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुख खाँदै गर्दा अख्तियारको नियन्त्रणमा परेका छन् ।
बिहीबार दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर बस्नेत वीरेन्द्रनगरस्थित कटकुवा हेल्थपोस्टनजिकैबाट पक्राउ परेका हुन् ।
सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घुस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले जानकारी दिए । अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर छानबिन अघि बढाएकाे छ ।
न्युज२४ नेपालबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता