नेपालमा देखियो कोरना भाइरस,के हो कोरोना भाइरस ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।
यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।
हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
के छ नेपालको तयारी ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख विवेक लालले चीनमा देखिएको कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न सबै पर्यटकहरुमा स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताए । “यो भाइरसबाट बच्न नेपालले पनि सतर्कता अपनाएको छ,”उनले भने, “हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले कोरोना भाइरसको संक्रमण भएमा ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिने बताए । उनले भने, “यस भाइरसको संक्रमणपछि ज्वरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिनुका साथै संक्रमित व्यक्तिले  हाछ्युँ गर्दा खोक्दा थुक्दा र खकारमार्फत एकबाट अर्को व्यक्तिमा समेत सर्ने हुन्छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताउँछन् । चीनमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस भएको र हालसम्म नेपालमा यस्तो भाइरस नदेखियको उनले बताए ।
उनले भने, “सो भाइरस नेपालमा छिर्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल विमानस्थलमा स्वास्थ्य हेल्थ डेक्स सुरु गरेको छ । विभिन्न अध्ययन हेर्दा हाल देखिएको सात वटा कोरोना भाइरसहरुमध्ये यो एउटा कारोनो भाइरस रहेका उनले बताए । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्ने भाइरस हो भने सार्स जनावरबाट मानिसमा सर्ने भाइरस हो ।” यो भाइरस हालसम्म नेपालमा नदेखिएको उनको भनाइ छ ।
मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सबै देशलाई सचेत गराएको छ । 
सन् २००२ मा चीनलगायत ३० देशमा चार सयको ज्यान लिएको सार्स रोग कोरोना भाइरसबाटै फैलिएको थियो  । सन् २०१३ मा चीनकै मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस देखिएको थियो  ।चिकित्सकहरुका अनुसार कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता