गजुरमुखीमा रेड स्टार गोल्डकपको तयारी तिव्र


  • वालकृष्ण वस्नेत

माङसेवुङ, २३ माघः इलामको माङसेवुङ गाउँपालिकाको गजुरमुखीमा  हुन लागेको प्रथम गजुरमुखी धाम रेडस्टार गोल्डकपको तयारी तिव्र रुप्मा भई रहेका छ । रेड स्टार क्लवले आयोजना गर्न लागेको गोल्डकपमा माङसेवुङ गाउँपालिकाले पनि सहयोग गरेको छ । खेल आगामी फागुन ४ गते देखि १० गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगीतमा प्रथम हुने टीमले एकलाख नगद दोस्रो हुने टीमले ५५ हजार नगद पाउने आयोजक समितिका सचिव हरि राईले जानकारी गाए । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धामको प्रचार प्रसार गर्न साथै धामलाई धार्मिक पर्यटक सँगै खेल पर्यटनमा पनि विकश गर्ने उद्देह्यका साथ खुल्ला रुपमा जिवभिन्न जिल्लाका १० क्लबहरु सहभागी गराईने पनि आयोजकले जाकारी गराएका छन् । 
उक्त खेलको अवधिमा पर्ने शिवरात्री मेलामा आउने पर्यटकहरुलाई सहुलियत दरमा खान वस्नको व्यवस्था गरिने पनि गजुरमुखी बजार व्यवस्थापन समितिका अध्यक्षले जानकारी गारए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता